Sagun Khabar
नेविसंघले खटायो बैतडीका १० ओटै स्थानीय तहमा प्रतिनिधि 

बैतडी – नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघले बैतडीका दशओटै स्थानीय तहमा जिल्ला प्रतिनिधि खटाएको छ । आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर संगठन विस्तार र सुदृढीकरणका लागि प्रतिनिधि खटाइएको नेपाल विद्यार्थी संघ बैतडीका अध्यक्ष कपील केसीले बताए । 

प्रत्येक पालिकामा पुगेर प्रतिनिधिहरुले नेपाल विद्यार्थी संघको संगठन विस्तार गर्नुपर्ने र १५ दिनभित्र जिल्ला कार्यसमिति प्रतिवेदन पेश गर्नु उनले बताए । नेपाली कांग्रेसले ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सञ्चालन गर्ने भएकाले सो अभियानलाई समेत सहयोग पुर्याउन प्रतिनिधि खटाइएको अध्यक्ष केसीले बताए । 

Atrya hospital

जिल्लाको सिगास गाउँपालिकामा विरेन्द्र साउँद, गौरव चन्द र दिपेन्द्र क्षेत्रीलाई प्रतिनिधि खटाइएको छ । यस्तै सुर्नया गाउँपालिकामा तेजराज भट्ट र मीनबहादुर धानुकलाई खटाइएको छ । दोगडाकेदार गाउँपालिकामा नन्दा कपाडी, प्रेमबहादुर चन्द र नरेन्द्र महरालाई खटाइएको छ भने डिलाशैनी गाउँपालिकामा मदन नाथ, महेश खडायत र कमल बमलाई खटाइएको छ । 

यसैगरी शिवनाथ गाउँपालिकामा हर्ष साउँद, बीरबहादुर चन्द र धनबहादुर चन्दलाई प्रतिनिधि खटाइएको छ भने पञ्चेश्वर गाउँपालिकामा केशवबहादुर चन्द,धिरज चन्द र धनबहादुर चन्दलाई खटाइएको छ । जिल्लाको पाटन नगरपालिकामा नरेश बिष्ट, लोकेश चन्द, भागरथी भट्ट र लक्ष्मण भट्टलाई प्रतिनिधि रुपमा खटाइएको छ । 

यसैगरी पुर्चौंडी नगरपालिकामा डिल्लीराज जोशी, हेमन्त बडु, धनबहादुर बोहरा, वागमती ऐरी र हेमन्त साउँदलाई खटाएको छ । यस्तै दशरथचन्द नगरपालिकामा केशवबहादुर चन्द, नरेश बिष्ट,अमर टेर र रोशन बोहरालाई खटाइएको छ भने मेलौली नगरपालिकामा प्रेमबहादुर चन्द, विजय पोखरेल, प्रियंका नायक र थानेश्वर भट्टलाई खटाइएको नेविसंघ अध्यक्ष केसीले बताए ।

प्रकाशित मिति: शनिबार, फागुन २८, २०७८  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update