नेपाली काङ्ग्रेस बैतडीको घर घर जाओैँ , काङ्ग्रेस जिताओैँ अभियान अन्तर्गत आज बैतडीको डिलाशैनीबाट सुरू भएको छ । आजको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १२५ जना बढिले काङ्ग्रेसमा प्रबेश गरेको जिल्ला कार्यसमिति सचिव देव राज जोशीले बताएका छन । अझै कार्यक्रम नसकिएकोले पार्टी प्रबेश गर्नेको सङ्ख्या बढन सक्ने जोशीको भनाइ छ ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर बैतडीको डिलाशैनीमा आज आईतबारबाट कार्यक्रमको सुरूवात गरेको नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिका सचिव प्रेम वहादुर चन्दले जानकारी दिए ।
दश वटै पालिकामा चल्ने कार्यक्रम मार्फत विपक्षी पार्टीले विगतमा गरेका संविधान विरोधि गतिविधिको बारेमा जनतालाई सुसूचित गराउने,एमसिसि बारे जनाताको बिचमा पारेका भ्रमित कुराहरूको चिरफार लगायतका बिषयमा अभियान चलाउने गरि डिलाशैनीबाट कार्यक्रमको सुरूवात गरेको सचिव जोशिले बताएका छन । यो अभियान जिल्लाका सबै पालिकामा एक महिना सम्म चल्ने जनाएको छ ।
भोलि सोमबार दोगडाकेदार गाउँपालिकामा कार्यक्रम हुने जनाएको छ । चैत १ गते सुर्नया गाउँपालिकामा ,२ गते दशरथचन्द नगरपालिकामा , ५ गते पाटन नगरपालिकामा कार्यक्रम सञ्चालन हुने जनाएको छ । यस्तै ६ गते पञ्चेश्वरमा , ७ गते शिवनाथमा ,८ गते मेलौलिमा , ९ गते पुर्चौडीमा र १० गते शिगासमा कार्यक्रम हुने जनाएको छ ।
यस अभियानका लागि केन्द्रीय प्रतिनिधिका रूपमा केन्द्रीय सदश्य यज्ञराज जोशीलाई बैतडीमा खटाएको छ ।