बैतडी –बैतडीको पाटन नगरपालिकाले सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा सम्बन्धि कार्यविधि पारित गरेको छ । १२ औं नगरसभाबाट सो कार्यविधि पारित भएको नगरपालिकाले जनाएको छ ।
सुरक्षित खानेपानीमा नगरबासीको पहुँच पुर्याउनका लागि कार्यविधिले सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा कार्यक्रममा सहयोग पुग्ने नगर प्रवक्ता लोकबहादुर भण्डारीले बताए ।
विभिन्न गैरसरकारी निकायसंगको साझेदारीमा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा कार्यक्रम सञ्चालन भईरहेकाले सो कार्यक्रमलाई थप प्रभावकारी बनाउन कार्यविधिले सहयोग पुग्ने पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले बताए ।
पाटनमा युनिसेफ नेपाल र रुडेस बैतडीले सुरक्षित खानेपानीयुक्त समुदाय घोषणाका लागि नगरपालिकालाई सहयोग गर्दै आईरहेको छ । नगरपालिकाका केही बस्तीलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिसकेको रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताए ।
सुरक्षित खानेपानीयुक्त समुदाय घोषणका लागि आवश्यक सूचकहरु समेत नगरपालिकाले कार्यविधिमा उल्लेख गरेको छ ।