Sagun Khabar
बैतडीमा मृतक वडा सदस्यका परिवारलाई बीमा कम्पनीद्वारा मृत्युदाबी भुक्तानी 

बैतडी – बैतडीको पाटन नगरपालिकाका वडा नं १ का वडा सदस्य स्वर्गीय राधि लुहारको परिवारलाई मृत्यु दाबी भुक्तानी गरिएको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुहारको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । 

बीमित लुहारको मृत्यु भएपछि उनको परिवारलाई २ लाख ८० हजार ७६७ रुपैंयाको चेक हस्तान्तरण गरिएको सन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पाटन उपशाखाका प्रमुख बिष्ना चन्दले बताइन् । मृतकका परिवारलाई संघीय सांसद दामोदर भण्डारीले एक कार्यक्रमकाबीच चेक हस्तान्तरण गरेको उनले बताइन् । 

Atrya hospital

पाटन नगरपालिकाले गत आर्थिक बर्षमा सन लाइफ इन्स्योरेन्स कम्पनीसंग मिलेर सबै जनप्रतिनिधिहरुको बीमा गरेको थियो । जनप्रतिनिधिको मृत्यु भएमा उनका आश्रित परिवारलाई सहज होस भन्नका लागि नगरपालिकाले सबै जनप्रतिनिधिको बीमा गरेको नगरप्रवक्ता लोकबहादुर भण्डारीले बताए । उनले भने ‘हामीले बीमा कम्पनीसंग मिलेर सबै जनप्रतिनिधिहरुको बीमा गरेका छौं । जोखिम न्यूनीकरणका लागि हामीले बीमा गरेका हौं ।’

गत साउन २७ गते पाटन नगरपालिका वडा नं १ का वडा सदस्य राधि लुहारको मृत्यु भएको थियो । मृत्यु दाबी भुक्तानी भएपछि मृतक वडा सदस्यका परिवारलाई घरपरिवार चलाउन केही सहज भएको प्रवक्ता भण्डारीले बताए । 

मृत्यु दाबी भुक्तानी कार्यक्रममा सन नेपाल लाइफ इन्स्योरेन्स डडेल्धुराका प्रमुख दिपेन्द्र शाहले बीमाले मानिसको जिवनमा आउने विभिन्न जोखिम न्यूनीकरणमा सहयोग गर्ने बताए । 
 

प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update