बैतडी –बैतडीको पाटनमा नेकपा एमालेको नगरस्तरीय प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ । आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर राखेर पालिकास्तरीय प्रशिक्षण सम्पन्न गरिएको एमाले बैतडीका प्रचारप्रसार विभाग प्रमुख लोकेन्द्र भण्डारीले जानकारी दिए ।
प्रशिक्षण कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर ८३ जनाले एमालेमा प्रवेश गरेको उनले बताए । नेकपा एकीकृत समाजवादीका पाटन नगरकमिटि अध्यक्ष लोकेन्द्र बिष्ट, नेकपा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेद्वार नरसिंह ठगुन्नाको नेतृत्वमा २४ जना, नेपाली कांग्रेसका प्रतिनिधि धर्मानन्द भट्टको नेतृत्वमा ५२ जना र राप्रपाका नन्दराम पन्तको नेतृत्वमा ७ जना गरी ८३ जना पार्टीमा प्रवेश गरेको उनले बताए ।
प्रशिक्षण कार्यक्रममा एमालेका केन्द्रिय सदस्य लिलाधर भट्ट, केन्द्रिय सदस्य पुरनसिंह दयाल, प्रदेश कमिटि अध्यक्ष दामोदर भण्डारी, जिल्ला अध्यक्ष सुरेन्द्र पाल लगायतका नेताहरुले आफ्ना धारणा राखेका थिए ।