बैतडी – नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर सञ्चालन गरेको ‘घरघर जाऔं, कांग्रेस जिताऔं अभियान’ अन्तर्गत आज बैतडीको दोगडाकेदारमा अभियान शुरु भएको छ । आइतबार जिल्लाको डिलाशैनीमा विधिवत रुपमा शुरु गरिएको अभियानलाई १० ओटै स्थानीय तहमा शुरुवात गर्ने नेपाली कांग्रेसका जिल्ला सचिव देवराज जोशीले बताए ।
अभियानमा नेपाली कांग्रेसका केन्द्रिय प्रतिनिधिको रुपमा केन्द्रिय सदस्य यज्ञराज जोशीको सहभागिता रहेको छ । दोगडाकेदारमा अभियानको शुरुवात गर्दै केन्द्रिय सदस्य जोशीले लोकतन्त्रको रक्षा र संविधानको सफल कार्यान्वयनका लागि नेपाली कांग्रेसलाई मत दिनुपर्ने बताए ।
अभियानमा नेपाली कांग्रेस सुदूरपश्चिमका उपसभापति लोकराज अवस्थी, जिल्ला सभापति चतुरबहादुर चन्द, जिल्ला सचिव प्रेमबहादुर चन्द, क्षेत्रीय सभापति शिवराज भट्ट लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
दोगडाकेदारमा आयोजना गरिएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर २ सय २५ जनाले कांग्रेसमा प्रवेश गरेको सचिव जोशीले बताए ।