Sagun Khabar
बैतडीको सुर्नयामा निशुल्क आयुर्वेद शिविर, २ सय ५३ जनाले सेवा लिए 
Atrya hospital

बैतडी –बैतडीको सुर्नया गाउँपालिका वडा नं ६ को रीगामा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीको आयोजनामा भएको शिविरमा २ सय ५३ जनाले सेवा लिएको केन्द्रका निमित्त प्रमुख हिक्मतबहादुर चन्दले बताए । 

शिविरमा ६६ जना पुरुष र १८७ जना महिलाले सेवा लिएका छन् । आयुर्वेद चिकित्सक डा. बर्षा पौडेलको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीहरुको टोलीले बिरामीलाई उपचार सेवा प्रदान गरेको चन्दले बताए । 

शिविरमा बातव्याधी, अम्लपित्त, स्वासकास लगायतका बढी बिरामी आएका चन्दले बताए । यस्तै शिविरमा उपचार सेवा प्रदान गर्नुका साथै योगाशन, प्राणायाम लगायतका बिषयमा समेत जानकारी गराइएको उनले बताए । 
 

प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  २०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update