Sagun Khabar
बैतडीको सुर्नया ४ मा तालाबन्दी प्रकरण : न्यायिक शाखा  प्रमुख महरामाथि हातपात 

बैतडी –बैतडीको सुर्नया गाउँपालिका वडा नं ४ मा गरिएको तालाबन्दी अझै खुलेको छैन् । गएको शुक्रबार गरिएको तालाबन्दी खोलाउने बिषयमा सोमबार छलफल गर्दा न्यायिक शाखा प्रमुख रामबहादुर महरामाथि हातपात गरिएको गाउँपालिकाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । 

तालाबन्दी गर्ने पक्षले छलफल भईरहेकाबेला महरामाथि हातपात गरेको आरोप लागेको हो । महरामाथि हातपात गर्ने दोषीलाई कारवाही गर्न समेत माग गरिएको छ । 

Atrya hospital

वडामा गरिएको तालाबन्दी खुलाउने बिषयमा छलफल गर्न गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्टको नेतृत्वमा वडा नं ६ का वडा अध्यक्ष जयबहादुर कुँवर, वडा नं ४ का वडा अध्यक्ष दिनेशप्रसाद भट्ट, न्यायिक शाखा प्रमुख रामबहादुुर महरा लगायतको व्यक्तिहरु सहभागि भएका थिए । जनप्रतिनिधिहरुलाई समेत तालाबन्दी गर्ने पक्षले गालीगलौज गरेको गाउँपालिकाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि फारम भर्ने बेला वडा कार्यालयका कर्मचारीहरुले पूर्वाग्रहपूर्ण व्यवहार गरेको भन्दै स्थानीयहरुले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरुले विभिन्न १४ बुँदे माग समेत अघि सारेका छन् । आफूहरुका माग पूरा नहुँदा सम्म तालाबन्दी नखोल्ने स्थानीयहरुको अडान रहेको छ । 

प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update