Sagun Khabar
आयुर्वेद उपचार पद्दतिमा नागरिकको आकर्षण बढ्दै 

बैतडी –पछिल्लो समयमा आयुर्वेद औषधिमा नागरिकको आकर्षण बढ्दै गएको छ । आयुर्वेद औषधिको साइड इफेक्ट नहुने र स्वास्थ्यका लागि प्रभावकारी हुने भएकाले आयुर्वेद उपचार पद्दतिमा नागरिकको आकर्षण बढ्दै गएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीका निमित्त प्रमुख हिक्मतबहादुर चन्दले बताए । 

केन्द्रले विभिन्न स्थानमा सञ्चालन गरेका आयुर्वेद स्वास्थ्य शिविरमा पनि सेवा लिने नागरिकको संख्या बढ्दै गएको चन्दले बताए । उनले भने ‘आयुर्वेद उपचार पद्दति पुरानो उपचार पद्दति हो । यसको महत्वका बारेमा जानकारी हुन थालेपछि नागरिकको आकर्षण बढ्दै गएको छ ।’

Atrya hospital

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सेवा लिनेको संख्या पनि बढ्दै गएको चन्दले बताए । आयुर्वेद औषधिले अन्य असर नगर्ने भएकाले पनि स्वास्थ्यका लागि राम्रो रहेको चन्दले बताए । 

पछिल्लो समयमा जिल्लाका विभिन्न स्थानमा शिविर र क्लिनिक मार्फत पनि आयुर्वेद उपचार सेवा प्रदान हुँदै आएको छ । आयुर्वेद औषधिले स्वास्थ्यमा अन्य असर नपार्ने भएकाले बिरामीहरु उपचारका लागि आउने गरेको मुस्याचोर आयुर्वेद औषधालयका प्रमुख राजेन्द्रकान्त दयालले बताए । 

बातब्याधी, अम्लपित्त लगायतका रोगहरुको निदानका लागि आयुर्वेदिक औषधि प्रभावकारी भएकाले बिरामीहरु उपचारका लागि औषधालयमा आउने दयालले बताए । 
 

प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update