बैतडी –अनुमति बिना बैतडीको आकाशमा प्याराग्लाइडिङ गर्ने एकजना विदेशी नागरिक पक्राउ परेका छन् । अष्ट्रीयाका फिलिप जेनलेसलाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।
अनुमति बिना प्याराग्लाइडिङ गर्न नपाइने भएकाले आवश्यक कारवाहीका लागि उनलाई नागरिक उडड्यन कार्यालय धनगढी पठाइएको भारतीले बताए ।
बैतडीको आकाशमा सोमबार बिना अनुमति प्याराग्लाइडिङ गरेको बिषयमा सगुन खबरमा समाचार प्रकाशन भएपछि स्थानीय प्रशासनले चासो लिएको थियो ।
अष्ट्रीयाका नागरिकले बिना अनुमति प्याराग्लाइडिङ गरेको भेटिएकाले उनलाई सोमबार साँझ नियन्त्रणमा लिएर मंगलबार धनगढी पठाइएको भारतीले बताए ।
प्रकाशित मिति: मंगलबार, चैत १, २०७८ १७:११
प्रतिक्रिया दिनुहोस्