बैतडी –बैतडीमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीमा कार्यरत कार्यालय सहयोगीमाथि हातपात भएको छ । कार्यालय सहयोगी भानु रावतमाथि मेलौलीका स्थानीय व्यापारी विजयसिंह नायकले हातपात गरेको आरोप लागेको हो । पानी भर्ने बिषयमा विवाद हुँदा आफूमाथि कुटपीट तथा दुरव्यवहार भएको उनले आरोप लगाइन् ।
आफूमाथि कुटपीट भएको भन्दै उनले इलाका प्रहरी कार्यालय पाटनमा निवेदन समेत दिएकी छिन् । भानुको निवेदन आएको र दुवै पक्षलाई भोली छलफलका लागि बोलाइएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए । भानुले आफूमाथि कुटपीट र दुरव्यवहार भएको निवेदनमा उल्लेख गरेकी छिन् ।
दुवै पक्षलाई बोलाएर घटनाका बिषयमा थप जानकारी हुने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत १, २०७८ १८:२६
प्रतिक्रिया दिनुहोस्