Sagun Khabar
बैतडीको पुर्चौंडी नगरपालिकाको केन्द्रमा डम्पिङ साइड नहुँदा समस्या 

बैतडी –बैतडीको पुर्चौंडी नगरपालिकाको केन्द्रमा डम्पिङ साइड नहुँदा फोहर व्यवस्थापनका लागि समस्या भएको छ । डम्पिङ साइड नहुँदा बजारबाट निस्केको फोहर नदीमा फाल्ने गरिएको छ । केही फोहर बजारमै जथाभावी फालिएको छ । 

फोहर व्यवस्थापनको उचित प्रबन्ध नहुँदा पुर्चौंडीको वसन्तपुर बजार दुर्गन्धित बन्दै गएको छ । बजारबाट निस्केको फोहर सिधै नदी किनारमा फाल्दा त्यसले त्रिवेणीधामको सौन्दर्यता समेत बिगारेको स्थानीयहरुले बताएका छन् । 

Atrya hospital

नगरपालिकाले फोहर व्यवस्थापनका लागि उचित कदम नचाल्दा फोहर व्यवस्थापन नभएको स्थानीयहरुको गुनासो छ । नगरपालिकाले डम्पिङ साइड बनाउन नसक्दा फोहर व्यवस्थापनमा चुनौती देखिएको हो । नगरपालिको डम्पिङ साइड बनाउने निर्णय गरेको भएपनि अहिले सम्म बनाउन सकेको छैन् । 

शहरी विकास आयोजनाले डम्पिङ साइड बनाइदिने भनेको तर पछि काम नभएको नगर उपप्रमुख जानकी ऐर बमले बताइन् । नगरपालिकाले निर्णय मात्रै गरेको बजेट विनियोजन नगरेको उनको भनाई छ । उनले भनिन् ‘हामीले नगरकार्यपालिकाबाट डम्पिङ साइड निर्माणका लागि निर्णय गरेका हौं । तर त्यो बेला शहरी विकास आयोजनाले बनाउने भनेको थियो । अहिले सम्म काम अघि बढ्न सकेको छैन् ।’

नगरपालिकाको केन्द्रमा डम्पिङ साइड नहुँदा समस्या भएको उपप्रमुख बमले समेत स्वीकार गरेकी छिन् । डम्पिङ साइड नहुँदा समस्या भएको कुरा अवगत छ तर बजेट विनियोजन नहुँदा समस्या भएको छ । 

नगरपालिकामा जनप्रतिनिधि आएपछि डम्पिङ साइड निर्माणको कुरा प्राथमिकता रहेको भएपनि जनप्रतिनिधिहरुको कार्यकाल सकिनै लाग्दा समेत डम्पिङ साइड बन्न सकेको छैन् । 
 

प्रकाशित मिति: बुधबार, चैत २, २०७८  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update