Sagun Khabar
माओवादी केन्द्र बैतडीको इन्चार्जमा कुँवर र संयोजकमा भण्डारी चयन 
Atrya hospital

बैतडी –नेकपा माओवादी केन्द्र बैतडीको इन्चार्जमा नरेन्द्र कुँवर चयन भएका छन् । माओवादी केन्द्रको सुदुरपश्चिम प्रदेश कमिटिको पदाधिकारी बैठकले कुँवरलाई इन्चार्जको जिम्मेवारी दिएको हो । यस्तै सह–इन्चार्जमा प्रेमप्रकाश भट्ट (आदित्य), विक्रम कुँवर (प्रतीक) र भुवनचन्द्र विश्वकर्मा (शान) चयन भएका छन् । 

यसैगरी पार्टीको जिल्ला संयोजकमा शंकर भण्डारी र सचिवमा रमेश चन्द चयन भएका छन् । नेकपाबाट माओवादी केन्द्र अलग भएपछि जिल्ला पदाधिकारीको टुंगो लगाएको हो । जिल्लामा पार्टीको जिल्ला समन्वय समिति रहने र उसले पार्टीका गतिविधि अघि बढाउने सह–इन्चार्ज कुँवरले बताए । 

यही चैत ६ गते पार्टीको जिल्ला समन्वय समितिको बैठक बसेर चुनावी अभियानका साथै अन्य बिषयमा समेत निर्णय गरिने कुँवरले बताए । 
 

प्रकाशित मिति: बिहीबार, चैत ३, २०७८  १०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update