बैतडी –बैतडीको पाटन नगरपालिका ४ स्थित पातालभुमेश्वर बहुउद्देश्यीय महिला कृषक समूहले होलीबाट संकलन भएको रकम सामाजिक काममा खर्च गर्ने भएको छ । होली खेलेर १५ हजार बढी रकम संकलन भएको र यो रकम सामाजिक काममा खर्च गर्ने निर्णय भएको समूहकी अध्यक्ष पवित्रा बोहरा बिष्टले बताइन् ।
समूहले महिलाको क्षमता अभिवृद्धिका लागि विभिन्न कामहरु गर्दै आएको र होलीबाट संकलित रकम पनि महिलाको क्षमता अभिवृद्धिका साथै सामाजिक काममा खर्च गर्ने निर्णय भएको उनले सुनाईन् । समूहमा आवद्ध महिलाहरुले सामूहिक रुपमै होली खेलेका थिए ।
प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८ १७:२५
प्रतिक्रिया दिनुहोस्