बैतडी –जिल्ला अस्पताल बैतडीमा निशुल्क शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ । यही चैत १९ देखि २३ गते सम्म शिविर सञ्चालन हुने जिल्ला अस्पातलले जनाएको छ ।
नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, स्वास्थ्य कार्यालय बैतडी र जिल्ला अस्पातल बैतडीको संयुक्त आयोजना शिविर सञ्चालन हुने जिल्ला अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए ।
शिविरमा बरिष्ठ हाडजोर्नी बिशेषज्ञहरुले सेवा दिनेछन् । शिविरमा खुट्टाका पैताला फर्केका, जन्मजात हातखुट्टा बांगिएका, हातमा आगोले पोलेका र हातखुट्टामा अन्य विकृतिजन्य समस्या भएकाहरुको उपचार गरिनेछ । शिविरमा आएर सेवा लिन समेत जिल्ला अस्पतालले आग्रह गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८ १७:५२
प्रतिक्रिया दिनुहोस्