बैतडी –नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा प्रेमराज भट्ट चयन भएका छन् । शुक्रबार सम्पन्न १७ औं जिल्ला अधिवेशनले भट्टको अध्यक्षतामा नयाँ जिल्ला कमिटि चयन गरेको हो ।
कमिटिको उपाध्यक्षमा रामचन्द्र ओझा, महिला उपाध्यक्षमा आशा पाल, सचिवमा धनबहादुर महरा,कोषाध्यक्षमा परमानन्द भट्ट, सहसचिवमा कुन्धा साउँद, सहकोषाध्यक्षमा लालमति बोहरा लगायत अन्य सदस्यहरु रहेका छन् ।
अधिवेशनले राष्ट्रिय महाधिवेशन प्रतिनिधि समेत चयन गरेको सचिव धनबहादुर महराले बताए । सर्वसम्मत रुपमा नेतृत्व चयन भएको दाबी गरिए पनि केही सदस्यहरुले असन्तुष्टी जनाएका छन् । उनीहरुले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो असन्तुष्टी जाहेर गरेका हुन् ।
प्रकाशित मिति: शनिबार, चैत ५, २०७८ ०७:५०
प्रतिक्रिया दिनुहोस्