Sagun Khabar
माओवादी केन्द्र बैतडीको बैठक सम्पन्न, के के भए निर्णय ? 

बैतडी –नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति बैतडीको पहिलो बैठक सम्पन्न भएको छ । जिल्ला संयोजक शंकर भण्डारीको अध्यक्षतामा बसेको बैठकले आगामी स्थानीय तहको चुनावलाई लक्षित गरेर प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको माओवादी केन्द्र बैतडीका सचिव रमेश चन्दले बताए । 

स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर यही चैत ७ गतेदेखि जिल्लाभरी अभियान सञ्चालन गर्ने निर्णय भएको उनले बताए । प्रत्येक स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न मिति तय गरिएको सचिव चन्दले बताए । 

Atrya hospital

चैत ७ गते दोगडाकेदार गाउँपालिका, चैत ८ गते डिलाशैनी गाउँपालिका, चैत ९ गते सुर्नया गाउँपालिका, चैत १० गते पाटन नगरपालिका र चैत ११ गते मेलौली नगरपालिकामा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ । 

यस्तै चैत १२ गते शिवनाथ गाउँपालिका, चैत १३ गते पञ्चेश्वर गाउँपालिका, चैत १५ गते सिगास गाउँपालिका, चैत १६ गते पुर्चौंडी नगरपालिका र चैत १९ गते दशरथचन्द नगरपालिकामा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ । 
यस्तै बैठकले चुनावी अभियानलाई प्रभावकारी बनाउन प्रत्येक तहमा कमाण्डर खटाउने निर्णय गरेको सचिव चन्दले बताए । 

बैठकमा जिल्ला इन्चार्ज नरेन्द्र कुँवर, सहइन्चार्ज प्रेमप्रकाश भट्ट( आदित्य), विक्रम कुँवर (प्रतीक), भुवनचन्द्र विक (शान) लगायतका नेताहरुको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: शनिबार, चैत ५, २०७८  १७:१०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update