Sagun Khabar
भारतले महाकालीको धार परिवर्तन गरेको भन्दै दार्चुलाका स्थानीय आन्दोलित 
Atrya hospital

दार्चुला –दार्चुलाको महाकाली नगरपालिका–४ स्थित महाकाली पारि एकलौटी तरिकाले भारतले नदीको धार परिवर्तन गर्ने गरी निर्माण गरिरहेको तटबन्ध रोक्न दार्चुलाका स्थानीयले माग गरेका छन् । शनिबार उनीहरुले सदरमुकाम खलंगास्थित आफ्नो भूमिबाट भारतीय कार्यको विरोध गरेका छन् । 

भारतले महाकालीको धार परिवर्तन गर्ने गरेर तटबन्ध निर्माण गर्दा समेत सरकार चुप लागेकाले आफूहरु आन्दोलित हुनु परेको स्थानीय लालसिंह धामीले बताए । अहिले सुदूरपश्चिम प्रदेश सभाका सभामुख, उपसभामुख सहितको प्रदेशसभा सदस्यको टोली दार्चुलामा छ । तर उनीहरुले समेत सो बिषयमा चासो नदिएको भन्दै स्थानीयहरु आन्दोलित भएका हुन् ।

यसअघि स्थानीयले तटबन्ध रोक्न दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गराइसकेका छन् । तर तटबन्ध निर्माण कार्य अझै रोकिएको छैन् । यस विषयमा राजनीतिक दल, स्थानीय प्रशासन र सरकार मौन रहेको स्थानीयले गुनासो गरेका छन् । 
 

प्रकाशित मिति: शनिबार, चैत ५, २०७८  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update