Sagun Khabar
भूमी सम्बन्धि समस्या समाधान आयोगको बैतडी अध्यक्षमा ऐर 

बैतडी –नेपाल सरकारको भूमी सम्बन्धि समस्या समाधान आयोग बैतडीको अध्यक्षमा धनबहादुर ऐर (कपील) चयन भएका छन् । शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले ऐरलाई आयोगको बैतडी जिल्ला अध्यक्षमा चयन गरेको हो । उक्त आयोगमा २ जना सदस्य रहने व्यवस्था छ ।

आयोगले सुकुम्बासीहरुको तथ्यांक संकलन गरेर उनीहरुको समस्या समाधानका लागि काम गर्ने अध्यक्ष ऐरले बताए । भूमीहिन सुकुम्बासी लगायतलाई लालपूर्जा समेत वितरण गरिने उनले बताए । उनले भने ‘यसअघिको आयोगले गरेका कामहरुको अध्ययन गरेर अघि बढ्ने योजना छ । शपथ ग्रहण र नियुक्ति पछि आयोगको काम अघि बढ्छ ।’

Atrya hospital

नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य समेत रहेका ऐरले भूमीहिनहरुको समस्या समाधानका लागि आफूहरु लागिपर्ने बताए ।

सरकारले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्ने ऐरले बताए । यसअघि एमालेको सरकार भएको बेला भूमी सम्बन्धि समस्या समाधान आयोगको अध्यक्षमा नरेश विकलाई चयन गरिएको थियो । 
 

प्रकाशित मिति: आइतबार, चैत ६, २०७८  ०७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update