Sagun Khabar
बैतडीको मेलौलीमा औद्योगिक ग्राम स्थापनाको काम अघि बढेन  

बैतडी –बैतडीको मेलौलीमा औद्योगिक ग्राम स्थापनाका लागि बजेट र ठाउँको व्यवस्थापन गरिएको भएपनि काम भने अगाडि बढ्न सकेको छैन् । नगरपालिकालको वडा नं १,३,५ र ६ को सीमाना कफलानीमा औद्योगिक ग्राम स्थापनाका लागि ठाउँ छनौट गरिएको थियो । 

औद्योगिक ग्राम स्थापनाका लागि संघीय सरकारले बजेट पठाईसक्दा समेत काम भने अघि बढ्न नसकेको नगर प्रमुख कृष्णसिंह नायकले बताए । औद्योगिक ग्राम स्थापनाका लागि डीपीआर तयार पार्ने काम भने सम्पन्न भएको उनले बताए । 

Atrya hospital

औद्योगिक ग्राम स्थापनाका लागि संघीय सरकारले ९२ लाख बजेट पठाएको र त्यो मध्ये ८ लाख डीपीआर निर्माणमा खर्च भएको नगरप्रमुख नायकले बताए । उपभोक्ता समिति मार्फत काम अघि बढाउने वा ठेक्का सम्झौता मार्फत काम अघि बढाउने भन्ने बिषयमा अझै टुंगो लागेको छैन् । 

औद्योगिक ग्राम स्थापनाको काम अघि बढ्न नसक्दा स्थानीयहरु भने निराश भएका छन् । औद्योगिक ग्राम स्थापना भएमा स्थानीयस्तरमै रोजगारीको सिर्जना हुने आसा गरिएको भएपनि काम अगाडि बढ्न नसकेको स्थानीय चिन्तामणी भट्टले बताए । 

स्थानीयस्तरमा रहेका सम्भावनाहरुको उजागर गर्नका लागि औद्योगिक ग्रामले सहयोग पुग्ने भएपनि स्थानीय सरकारले काम अघि बढाउन नसकेको भन्दै आलोचना समेत भएको छ । 
 

प्रकाशित मिति: आइतबार, चैत ६, २०७८  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update