बैतडी –बैतडीमा नाबालिकालाई बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । १४ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा डडेल्धुराको अमरगढी नगरपालिका ५ का २५ बर्षीय महेश तामाङ र २८ बर्षीय गोपाल गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।
यही चैत ४ गते बालिकामाथि बलात्कार भएको र सोही दिन राती दुवै जनालाई पक्राउ गरेको प्रहरी निरीक्षक खड्काले बताए ।
तामाङले बालिकालाई बलात्कार गरेको र गुरुङले बलात्कार कार्यमा सहयोग गरेको खुल्न आएको प्रहरीले जनाएको छ । दुवैजनामाथि मुद्दा दर्ता गरेर अदालतबाट म्याद थपेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
आरोपित दुवै जना सडकमा काम गर्नका लागि बैतडी आएका बुझिएको छ ।
प्रकाशित मिति: आइतबार, चैत ६, २०७८ १०:११
प्रतिक्रिया दिनुहोस्