बैतडी –नेकपा माओवादी केन्द्रले बैतडीका १० ओटै स्थानीय तहमा इन्चार्ज र सहइन्चार्ज तोकेको छ । केही स्थानीय तहमा सहइन्चार्ज तोक्न बाँकी रहे पनि सबै पालिकामा पार्टीको प्रदेश कमिटिले इन्चार्ज मनोनयन गरेको माओवादी केन्द्र बैतडीका सचिव रमेश चन्दले बताए ।
सिगास गाउँपालिकाको इन्चार्जमा जस्बीरसिंह साउँद र सहइन्चार्जमा टेकन्द्र विकलाई तोकिएको छ । यस्तै पुर्चौंडी नगरपालिकाको इन्चार्जमा शैलेन्द्र धानुक र सहइन्चार्जमा नन्दा शाह र दमन कुँवरलाई मनोनयन गरिएको छ । डिलाशैनी गाउँपालिकाको इन्चार्जमा पार्वती नेगी र सहइन्चार्जमा अर्जुन राना र दुर्गा नाथलाई मनोनयन गरिएको छ । यसैगरी दोगडाकेदार गाउँपालिकाको इन्चार्जमा लक्ष्मी ओड र सहइन्चार्जमा मानसिंह ऐर र चन्द्रदेव जोशीलाई मनोनयन गरेको छ ।
यस्तै सुर्नया गाउँपालिकाको इन्चार्जमा स्वेता भट्ट र सहइन्चार्जमा नरी भाट, जगदीश कुँवर र तर्कराज भट्टलाई मनोनयन गरेको छ । यसैगरी पाटन नगरपालिकाको इन्चार्जमा हरिश बिष्ट, दशरथचन्द नगरपालिकाको इन्चार्जमा मदन बडु र मेलौली नगरपालिकाको इन्चार्जमा द्रोपती भट्टलाई मनोनयन गरिएको छ । यसैगरी शिवनाथ गाउँपालिकाको इन्चार्जमा नरेन्द्र साउँद र सहइन्चार्जमा भरत पार्कीलाई मनोनयन गरिएको छ । पञ्चेश्वर गाउँपालिकाको इन्चार्जमा कमलराज विकलाई मनोनयन गरेको सचिव चन्दले बताए ।
यस्तै निर्वाचन क्षेत्रीय कमिटिमा पनि संयोजक र सचिव मनोनयन गरेको छ । प्रदेश सभा (क) क्षेत्रको संयोजकमा लोकेन्द्र राना (शितल) र सचिवमा कृष्णप्रसाद बडु ( भास्कर)लाई मनोनित गरेको छ । यस्तै प्रदेशसभा (ख) क्षेत्रको संयोजकमा नवराज भट्ट (कुसुम) र सचिवमा ईश्वरी भट्ट (राजीव)लाई मनोनयन गरेको माओवादी केन्द्रले जनाएको छ ।