बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाका विभिन्न स्थानमा सिप्रेडले सञ्चालन गरेको एनसाप परियोजनाको संयुक्त अनुगमन गरिएको छ । परियोजनाले प्राविधिक तथा अन्य सहयोग गरेको क्षेत्रमा अनुगमन गरिएको एनसापका कार्यक्रम संयोजक भुवन भट्टले बताए ।
दशरथचन्द नगरपालिका २ थलाल गाउँमा गरिएको प्याज खेतीको सरोकारवालाहरुले अनुगमन गरेका हुन् । एनसाप परियोजनाको सहयोगमा प्याजको बीउ उत्पादनका लागि गरिएको सहयोगको बारेमा अनुगमन गरिएको हो ।
अनुगमनमा दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा, पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्द, दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष रनबहादुर बोहरा लगायतको सहभागिता रहेको थियो । परियोजनाको सहयोगमा प्याजको बीउ उत्पादन कार्यमा सहजता आएको किसान मोहन थलाले बताए ।
अनुगमनका क्रममा दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले थलाल गाउँमा देखिएको सिँचाईको समस्या समाधानका लागि पहल गर्ने बताए । यस्तै पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले थलाल गाउँका किसानहरुबाट अन्य ठाउँका किसानहरुले पनि सिको गर्नुपर्ने बताए ।