बैतडी – स्थानीय तहको निर्वाचन नजिक आईरहेका बेला बैतडीको पुर्चौंडी नगरपालिकामा कांग्रेसले चुनावी अभियानलाई तीव्रता दिएको छ । नगरपालिकाको वडा नं १० विजयपुरमा पार्टीको वडा कार्यालय स्थापना गरिएको कांग्रेसका नेता महेश महराले बताए ।
सोमबार एक कार्यक्रमकाबीच पार्टीको वडा कार्यालय उद्दघाटन गरिएको हो । पार्टी कार्यालय उद्दघाटन कार्यक्रममा नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश समिति सदस्य गौरसिंह बोहरा लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: सोमबार, चैत ७, २०७८ १७:१९
प्रतिक्रिया दिनुहोस्