Sagun Khabar
बैतडीमा नेकपा माओवादी केन्द्रको जनप्रशिक्षण अभियान शुरु 

बैतडी –आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै नेकपा माओवादी केन्द्रले बैतडीमा जनप्रशिक्षण अभियान शुरु गरेको छ । बैतडीको दोगडाकेदारबाट अभियानको शुरुवात गरिएको माओवादी केन्द्र बैतडीका संयोजक शंकर भण्डारीले बताए । 

आगामी स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको जित सुनिश्चित गर्नका लागि अभियान शुरु गरिएको माओवादी केन्द्रका सहइन्चार्ज प्रेमप्रकाश भट्ट (आदित्य)ले बताए । 

Atrya hospital

जनप्रशिक्षण कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज नरेन्द्र कँुवरले अहिले व्यवस्थाको सुत्रधार नेकपा माओवादी केन्द्र भएको बताए । गाउँगाउँमा गएर संगठन बलियो बनाउँदै चुनावमा जित हाँसिल गर्नुपर्ने उनले बताए । 

जनप्रशिक्षण अभियानमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक शंकर भण्डारी, सहइन्चार्ज प्रेमप्रकाश भट्ट (आदित्य) लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update