बैतडी –नेकपा माओवादी केन्द्र बैतडीका संयोजक शंकर भण्डारीले आगामी स्थानीय तहको निर्वाचनमा रणनैतिक कार्यक्रमका साथ अघि बढ्ने बताएका छन् । सगुन अनलाइन टीभीको चुनाव बिशेष कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
जनतामा यथार्थ कुरा लिएर आफूहरुले जाने तयारी गरिएको उनले बताए । उनले भने ‘गत स्थानीय तहको निर्वाचनमा कसले कति मत ल्यायो भन्ने कुराले अर्थ राख्दैन् । नागरिकले अध्ययन गरेर मत दिन्छन् ।’
आगामी स्थानीय तहको निर्वाचनमा गठनबन्धन गर्ने कि नगर्ने भन्ने कुरा अहिले नै यकिन नभएको भण्डारीले बताए । उनले भने ‘अहिले देश हाम्रो एजेण्डामा चलिरहेको छ । त्यसैले माओवादी केन्द्रले जित्नु आवश्यक रहेको छ ।’
पार्टीले जिम्मेवारी दिएमा फेरी पनि पाटन नगरपालिकाको प्रमुख पदमा उम्मेद्वारी दिने भण्डारीले बताए । उनले भने ‘जनताले मत दिए जनमतको कदर गर्नेछौं । पाटनलाई समृद्ध बनाउने कुरामा पछि हट्दैन् ।’
स्थानीय सरकारहरुले गरेका कामलाई खबरदारी गर्न छुट्टै नागरिक खबरदारी युनिट राख्नुपर्ने भण्डारीले बताए । जनताका काम भए नभएका बारेमा जानकारी लिन र नेतृत्वलाई जनताका पक्षमा काम गर्ने खालको बनाउन नागरिक खबरदारी युनिट आवश्यक रहेको उनले बताए ।