Sagun Khabar
स्थानीय तहको निर्वाचनका लागि बैतडीमा १५ दल दर्ता 

बैतडी –आगामी स्थानीय तहको निर्वाचनका लागि बैतडीमा १५ ओटा दल दर्ता भएका छन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार चैत ६ गते सम्म दल दर्ता गर्ने समय राखिएको र सो भित्र जिल्लामा १५ ओटा दल दर्ता भएका जिल्ला निर्वाचन अधिकारी माधव फुयालले जानकारी दिए । 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा बैतडीमा ११ दल दर्ता भएका थिए भने वैशाख ३० गते हुने चुनावका लागि १५ ओटा दल दर्ता भएका छन् । 

Atrya hospital

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, राप्रपा नेपाल र जनसमाजवादी पार्टी नेपाल निर्वाचन कार्यालयमा दर्ता भएका छन् । 

यस्तै नेपाल कम्युनिष्ट पार्टी (समाजवादी), जनसमाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपाल, मौलिक जरोकिलो पार्टी, नेपाली कांग्रेस (विपी), नेपाल परिवार दल र नेपालका लागि नेपाली पार्टी पनि दर्ता भएका निर्वाचन अधिकारी फुयालले जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  ०७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update