बैतडी –विश्व पानी दिवसको अवसरमा बैतडीको एक विद्यालयको खानेपानीको गुणस्तर जाँच गरिएको छ । युनिसेफ नेपालको आर्थिक सहयोगमा रुडेस बैतडीले दशरथचन्द नगरपालिकासंग मिलेर खानेपानीको गुणस्तर जाँच गरेको हो ।
दशरथचन्द नगरपालिका ५ स्थित दशरथचन्द मावि सुन्दरखालीमा खानेपानीको गुणस्तर जाँत गरिएको रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताए । विद्यालयमा विद्यार्थीहरुले उपभोग गरिरहेको पानी पिउन योग्य छ कि छैन भनेर गुणस्तर जाँच गरिएको उनले बताए ।
यस्तै विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकहरुसंग खानेपानीको गुणस्तर जाँचका बिषयमा छलफल समेत गरिएको रुडेस बैतडीका कार्यक्रम संयोजक गोपाल भाटले बताए ।
प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८ १६:२९
प्रतिक्रिया दिनुहोस्