Sagun Khabar
बैतडीमा म्यादी प्रहरीमा भर्ना हुनेको लर्को,तीन दिनमै एक हजार बढीले आवेदन दिए 
Atrya hospital

बैतडी – बैतडीमा म्यादी प्रहरीमा भर्ना हुनेको लर्को लागेको छ । सरकारले आगामी स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खोलेपछि तीन दिनमै एक हजार ३ जनाको आवेदन परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । 

चैत ११ गते सम्म फारम भर्ने म्याद रहेकाले अझै फारम भर्नेको संख्या बढ्ने बताइएको छ । १८ बर्षदेखि ५४ बर्ष सम्मका नागरिकले म्यादी प्रहरीका लागि आवदेन दिन सक्ने प्रहरी निरीक्षक खड्काले बताए । म्यादी प्रहरीमा छनौट भएकाहरुलाई ७ दिनको तालिम दिएर चुनावी सुरक्षामा खटाइने बताइएको छ । 

देशमा बेरोजगारीको समस्या बढ्दै गएकाले म्यादी प्रहरीमा भर्ना हुनेको संख्या बढेको जगन्नाथ बहुमुखी क्याम्पसका प्रमुख पृथ्वीराज अवस्थीले बताए । सरकारले स्वरोजगारका कार्यक्रम ल्याउन नसक्दा अधिकांश युवा बेरोजगार रहेका उनले बताए । उनले भने ‘धेरै जसो युवा विदेश पलायन भईसकेका छन् । स्वदेशमा रहेकाहरुले पनि रोजगारीको अवसर पाएका छैनन् । स्नातक तह पास गरेका समेत म्यादी प्रहरीका लागि आवेदन दिईरहेका छन् ।’
 

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  १७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update