बैतडी – नेकपा माओवादी केन्द्रले दोगडाकेदार गाउँपालिकासंग अहिले सम्म भएको खर्चको विवरण माग गरेको छ । सूचनाको हक प्रयोग गरेर विभिन्न शीर्षकमा भएको खर्चको विवरण माग गरिएको माओवादी केन्द्र दोगडाकेदार कमिटिका अध्यक्ष तारासिंह कुँवरले बताए ।
नेपालको संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ३ र ७ अनुसार आफूहरुले सूचना माग गरेको नेकपा माओवादी केन्द्रका दोगडाकेदार कमिटि सचिव धनबहादुर महराले बताए ।
२०७४÷०७५ यता हालसम्म विकास निर्माणको कुल खर्च रकम,प्रदेश र सङ्घबाट प्राप्त अनुदानको विवरण, पाँच वर्षको अवधिमा गाउँपालिकाले लिएको गाडी भाडाको पूर्ण खर्च विवरण,इन्धन खर्च विवरण,एनजिओ लाई दिएको अनुदान तथा साझेदारी कार्यक्रमको खर्च विवरण,भम्रणखर्चको विवरण,बेरुजु फच्र्यौट तथा बेरुजुको विवरण माग गरिएको छ ।
यस्तै कोरोना भाइरस महामारी नियन्त्रणमा गरिएको खर्चको पूर्ण विवरण, वार्षिकगत आन्तरिक आय विवरण, वार्षिकगत रूपमा आन्तरिक आयको खर्च विवरणको माग गरिएको छ । यसै गरी दान तथा चन्दामा गरिएको खर्चको पूर्ण विवरण, गैरसरकारी संस्थासँगको साझेदारीको पूर्ण विवरण, बोलपत्र नगरी दरभाउ पत्रबाट गरिएका कार्यको पूर्ण विवरण माग गरिएको छ ।
यसअघि नेपाली कांग्रेसले पनि दोगडाकेदार गाउँपालिकासंग बजेटको विवरण माग गरेको थियो ।