बैतडी –बैतडीको मेलौलीमा कृषि प्रर्दशनी तथा सांस्कृतिक महोत्सव हुने भएको छ । शिवनाथ कृषक सहकारी संस्थाको आयोजनामा यही चैत ११ र १२ गते महोत्सव हुने मेलौली नगरपालिका वडा नं ७ का अध्यक्ष एवं महोत्सव संयोजक राजेन्द्र कार्कीले बताए ।
महोत्सवमा किसानहरुले स्थानीय स्तरमा उत्पादन गरेका कृषि सामग्रीहरुको प्रदर्शन गरिने र विभिन्न कलाकारहरुको सांस्कृतिक प्रस्तुती रहने बताइएको छ ।
मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाको आर्थिक सहयोगमा मणिलेक कृषि प्रदर्शनी तथा सांस्कृतिक महोत्सवको आयोजना गरिन लागेको हो ।
स्थानीयस्तरमा रहेका कृषि उपजहरुको बजारीकरण गर्ने र संस्कृति संरक्षण गर्ने उद्देश्य सहित महोत्सवको आयोजना गरिने बताइएको छ ।
मेलौली नगरपालिका वडा नं ७ को कार्यालयको प्रांगणमा महोत्सवको आयोजना गरिने संयोजक कार्कीले बताए ।