बैतडी –सरकारले प्रत्येक दश बर्षमा गर्ने कृषि गणनाको बैतडीमा पनि तयारी भईरहेको छ । यही चैत १ गतेबाट जिल्ला सदरमुकाममा जिल्ला कृषि गणना कार्यालयको स्थापना गरेर काम शुरु भएको कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तले बताए ।
नेपालमा २०१८ सालदेखि प्रत्येक दश बर्षमा कृषि गणना हुँदै आएको उनले बताए । कृषि गणना अन्तर्गत नमूना क्षेत्रमा गएर कृषकहरुको अवस्था, उपयोग र उपभोग गरेको जमीन, खेतीको अवस्था, पशुपालनको अवस्था लगायतका बारेमा जानकारी लिने उनले बताए ।
बैतडीका ८४ ओटै वडाका १ सय ४४ स्थानमा गएर कृषि गणना गर्ने कार्यक्रम रहेको पन्तले बताए । यसका लागि बैतडीमा सुपरीवेक्षक र गणक गरेर ६२ जनाको जनशक्ति खटाइने उनले बताए ।
गणक तथा सुपरीवेक्षकलाई यही चैत २५ गतेबाट तालिम दिइनेछ भने मूल गणनाको कार्य वैशाख ६ गते जेठ १९ सम्म हुने कार्यालय प्रमुख पन्तले बताए ।