Sagun Khabar
बैतडीको सुर्नयामा नेकपा माओवादी केन्द्रको जनप्रशिक्षण सम्पन्न 

बैतडी –स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर जनप्रशिक्षण अभियानमा जुटेको नेकपा माओवादी केन्द्रले आज बैतडीको सुर्नयामा जनप्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सुर्नया गाउँपालिकाको वडा नं ५ डुङरीमा  आयोजना गरिएको जनप्रशिक्षण कार्यक्रममा आगामी स्थानीय तहको निर्वाचनमा पार्टीले खेल्नुपर्ने भूमिकाका बिषयमा छलफल भएको माओवादी केन्द्रले जनाएको छ । 

जनप्रशिक्षण कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज नरेन्द्र कुँवर (विजयसुन्दर)ले अहिलेको व्यवस्थाको सुत्रधार माओवादी भएकाले माओवादीलाई जिताउनुपर्ने बताए । 

Atrya hospital

आसन्न स्थानीय तहको निर्वाचनमा माओवादी नयाँ ढंगले अगाडि बढ्ने र परिवर्तनका एजेण्डाका बिषयमा नागरिकलाई जानकारी दिनुपर्ने उनले बताए । 

कार्यक्रममा इन्चार्ज कुँवरका साथै सहइन्चार्ज प्रेमप्रकाश भट्ट (आदित्य) र विक्रम कुँवर .(प्रतीक), जिल्ला संयोजक शंकर भण्डारी, गाउँपालिका इन्चार्ज स्वेता भट्ट लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  ०३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update