बैतडी –बैतडीमा जीन एक्सपर्ट मेसिनबाट क्षयरोगको परीक्षण भईरहेको छ । गएको असोज महिनादेखि जिल्ला अस्पतालमा जीन एक्सपर्ट मेसिनबाट क्षयरोगको परीक्षण भईरहेको जिल्ला अस्पताल बैतडीका ल्याब टेक्निसियन रमेश डोबालले बताए ।
बिरामीहरुको खकार जाँच गरेर क्षयरोग छ कि छैन भनेर सो मेसिनले चेक गर्ने र क्षयरोग विरुद्ध दिइने औषधिले काम गरेको छ कि छैन भनेर पत्ता लगाउने भएकाले बिरामीहरुको उपचारमा सहज भएको जिल्ला अस्पतालका बरिष्ट ल्याब असिष्टेन्ट चन्द्रसिंह डोबालले बताए ।
जिल्लामा अहिले सम्म १ सय २१ जनाको परीक्षण गर्दा २९ जनामा क्षयरोग देखिएको छ । २८ जनामा फोक्सोको क्षयरोग देखिएको छ भने १ जनामा फोक्सो बाहेकको क्षयरोग देखिएको छ ।
जिल्ला अस्पतालमा जीन एक्सपर्ट मेसिनबाट क्षयरोगको परीक्षण भईरहेकाले शंकास्पद लक्षण भएका बिरामीहरुलाई चेकजाँच गर्न समेत आग्रह गरिएको छ ।