Sagun Khabar
चार छोरालाई फौँजी बनाउने बैतडीकी एक आमालाई प्रधानसेनापतिको सम्मान 
Atrya hospital

बैतडी – चार छोरालाई फौंजी बनाउने बैतडीकी एक आमालाई नेपाली सेनाले सम्मान गरेको छ । जिल्लाको दशरथचन्द नगरपालिका ३ दुर्गाभवानी बरकुरालीकी धनमाया नाथलाई सम्मान गरिएको हो । 

उनका चार जना छोरा नरेश नाथ,  राम नाथ, लक्ष्मण नाथ र दिलिप नाथ अहिले नेपाली सेनामा कार्यरत रहेका छन् । चार जना छोरालाई सेनामा पठाउन प्रोत्साहित गर्ने आमालाई बुधवार नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले नगद र प्रमाणपत्रसहित सम्मान गरेका हुन् । 

प्रधानसेनापति शर्माले ‘भू.पू. सैनिक सम्मेलन–२०७८’ को उद्घाटन समारोहको अवसर पारेर उनलाई सम्मान गरेका हुन् ।
सेनाले गरेको यो सम्मानको सबैतिर प्रशंसा भइरहेको छ । 
 

प्रकाशित मिति: बिहीबार, चैत १०, २०७८  २२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update