बैतडी –आगामी स्थानीय तहको निर्वाचनका लागि बैतडीमा नौ ओटा मतदान स्थल थपिएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा १२० मतदानस्थल रहेकोमा आगामी स्थानीय तहको निर्वाचनमा १२९ मतदानस्थल कायम गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधव पुmँयालले बताए ।
२०७७ सालमा नै थप ९ ठाउँमा मतदानस्थल थपिएको जिल्ला निर्वाचन अधिकारी फुँयालले बताए । पुर्चौंडी नगरपालिकामा ३, डिलाशैनी गाउँपालिकामा २, सिगास गाउँपालिकामा २ र मेलौली नगरपालिका तथा पञ्चेश्वर गाउँपालिकामा एक ÷एक मतदानस्थल थपिएका छन् ।
डिलाशैनीको बेतालेश्वर आधाभूत विद्यालय बासीगाउ र डिलाशैनी मावि खेतीगाउँमा मतदानस्थल थप गरिएको छ । यस्तै पुर्चौंडी नगरपालिकाको भुवनेश्वर आधारभूत विद्यालय लधौली, समैजी आधारभूत विद्यालय ल्याटी र गलेश्वर माध्यमिक विद्यालय कठपतेमा मतदानस्थल थपिएको छ ।
यसैगरी सिगास गाउँपालिकाको नौलो आधारभूत विद्यालय बत्थी र निरपाल आधारभूत विद्यालय चुवामा मतदानस्थल थप गरिएको छ ।
यसैगरी पञ्चेश्वर गाउँपालिकाको आमपूर आधारभूत विद्यालय बिजुल र मेलौली नगरपालिकाको मणिलेक मावि केशरपुरमा मतदानस्थल थप गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
आगामी स्थानीय तहको निर्वाचनका लागि एक हजार मतदाता बराबर एक केन्द्र तय गर्ने तयारी भएको र बैतडी २ सय मतदान केन्द्र हुन सक्ने जिल्ला निर्वाचन अधिकारी फुँयालले बताए । स्थानीय तहको निर्वाचनका लागि बैतडीमा १५ दल दर्ता भएका छन् ।