बैतडी –बैतडीको सनशेरीमाण्डौंदेखि डडेल्धुरा सम्म बस सेवा शुरु भएको छ । उग्रतारा यातायातले सनशेरीमाण्डौंदेखि डडेल्धुरा सम्म बस सेवा सञ्चालन गरेको सुर्नया गाउँपालिका वडा नं ४ का वडा सदस्य हरिसिंह महराले बताए ।
सनशेरीमाण्डौंदेखि डडेल्धुरा सम्म बस सेवा सुचारु भएपछि स्थानीयहरुलाई सजिलो भएको छ । विभिन्न कामका लागि डडेल्धुरा जाने नागरिकलाई बस सेवा शुरु भएपछि फाइदा भएको उनले बताए ।
अस्पतालदेखि लिएर अन्य कामका लागि स्थानीयहरु डडेल्धुरा पुग्ने गर्दछन् । हरेक बिहान साढेसात बजे सनशेरीमाण्डौंदेखि डडेल्धुराका लागि बस छुट्ने र सोही बस दिउँसो साढे तीनबजे सनशेरीमाण्डौंका लागि फर्कन गरेको महराले बताए ।
सनेशेरीमाण्डौं,बाटिगो, मोतीनगर, खोड्पे हुँदै बस सेवा सञ्चालन गरिएको हो । नियमित रुपमा बस सेवा सञ्चालन भएमा स्थानीयहरुलाई यातायातका लागि सजिलो हुने सुर्नया ६ का दिवाकर अवस्थीले बताए । अहिले सनशेरीमाण्डौंदेखि डडेल्धुरा सम्म साढे पाँच सय टिकट तोकिएको महराले बताए ।