बैतडी –स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर चुनावी अभियानमा रहेको नेपाली कांग्रेसले जिल्लाको सिगास गाउँपालिकामा पनि ‘घरघर जाऔं, कांग्रेस जिताऔं’अभियान शुरु गरिएको छ ।
बिहीबार एक कार्यक्रमकाबीच अभियानको सिगास गाउँपालिकाको केन्द्र गर्जेमा शुरु गरिएको नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले बताए । यो संगै जिल्लाका १० ओटै स्थानीय तहमा ‘घरघर जाऔं, कांग्रेस जिताऔं’अभियान शुरु गरिसकिएको चन्दले बताए ।
सिगासमा अभियानको शुभारम्भ गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य यज्ञराज जोशीले लोकतन्त्रको संस्थागत विकास र संविधानको सफल कार्यान्वयनका लागि नेपाली कांग्रेसलाई भोट दिनुपर्ने बताए । देशमा एकमात्रै लोकतान्त्रिक शक्ति नेपाली कांग्रेस रहेको उनको दाबी छ ।
कार्यक्रममा नेपाली कांग्रेस सुदूरपश्चिमका उपसभापति लोकराज अवस्थी, जिल्ला सभापति चतुरबहादुर चन्द लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।