कैलाली – कैलाली र कञ्चनपुरमा आज (शुक्रबार) सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले राना थारु समुदायको होलीपछिको खखडेहरा पर्वको अवसरमा बिदा दिएको हो ।
२०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा सम्बन्धी सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरेको थियो । खकडेहरा पर्वलाई रानाथारु समुदायले महत्वपूर्ण पर्वको रुपमा मनाउने गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८ १८:१३
प्रतिक्रिया दिनुहोस्