बैतडी –बैतडीमा होलीबाट संकलन भएको रकम मृगौला पीडितलाई प्रदान गरिएको छ । बीमा अभिकर्ता समूहले बैतडी सदरमुकाममा खेलेको होलीबाट संकलन भएको रकममध्ये १० हजार मृगौला पीडित रमेशबहादुर ऐरीलाई प्रदान गरिएको छ ।
पाटन नगरपालिका ५ ओदालीका २२ बर्षीय ऐरी दुईटै मृगौला फेल भएर अहिले टिचिङ हस्पिटल काठमाण्डौंमा उपचार गराईरहेका छन् । आर्थिक अभावमा उनको उपचारमा समस्या भईरहेकाले होली खेलेको रकमबाट केही सहयोग गरिएको सन लाइफ इन्स्योरेन्स बैतडीका उपशाखा प्रमुख विवेकानन्द पाण्डेयले बताए ।
सहयोग रकम पीडितकी दीदी लक्ष्मी ऐरीलाई आज हस्तान्तरण गरिएको युनियन लाइफ इन्स्योरेन्सका कर्मचारी नवराज पन्तले बताए ।
ऐरीको आर्थिक अभावमा उपचार समस्या भएकाले उनका परिवारले सबैसंग सहयोगको लागि समेत अपील गरेका छन् ।
प्रकाशित मिति: शनिबार, चैत १२, २०७८ ०२:१९
प्रतिक्रिया दिनुहोस्