बैतडी –बैतडीमा म्यादी प्रहरीमा भर्ना हुनका लागि २ हजार २४ जनाले आवेदन दिएका छन् । १२७ जना महिला र १ हजार ८९७ जना पुरुषले म्यादी प्रहरीमा भर्ना हुनका लागि आवेदन दिएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।
जिल्लामा आवेदन दिएका मध्येबाट ८१५ जना छनौट गरिने बताइएको छ । आवेदन भरेकाहरुलाई चैत १३ गते सम्पर्क मिति तोकिएको छ । स्थानीय तहको निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । म्यादी प्रहरीमा भर्ना हुन चाहनेका लागि आज सम्मको म्याद राखिएको थियो ।
छनौट भएकाहरुलाई एक हप्ताको तालिम दिएर चुनावी सुरक्षाका लागि खटाइने प्रहरी प्रवक्ता खड्काले बताए ।
प्रकाशित मिति: शनिबार, चैत १२, २०७८ ०३:४९
प्रतिक्रिया दिनुहोस्