बैतडी –बैतडीको डिलाशैनी गाउँपालिका ५ स्थित बेतालेश्वर आधारभूत विद्यालय तीनतारे विद्यालय घोषणा भएको छ । विद्यालयले सरसफाई सम्बन्धिका १० ओटा सूचक पूरा भएपछि विद्यालयलाई तीनतारे घोषणा गरिएको डिलाशैनी गाउँपालिकाका जलश्रोत अधिकृत पूर्णबहादुर चन्दले बताए ।
ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको सहयोगमा डिलाशैनी गाउँपालिकले विद्यालयलाई तीनतारे घोषणा गरेको हो ।
विद्यालयमा सुरक्षित खानेपानीको व्यवस्थापन, उचित शौचालयको व्यवस्थापन, वातावरणीय सरसफाई लगायतका १० ओटा सूचक पूरा भएपछि विद्यालयलाई तीनतारे घोषणा गरिएको चन्दले बताए ।
यो संगै बैतडीका १० ओटा विद्यालय तीनतारे घोषणा भएका छन् । यसअघि जिल्लाको शिवनाथ र पञ्चेश्वरका ९ ओटा विद्यालयलाई तीनतारे घोषणा गरिएको थियो ।
यस्तै पूर्ण सरसफाईका ७ ओटा सूचक पूरा गरेको डिलाशैनीको बासीगाउँ समुदायलाई नमूना समुदाय घोषणा गरिएको छ । सरसफाई सम्बन्धि तोकिएका सूचक पूरा भएपछि समुदायलाई नमूना समुदायक घोषणा गरिएको चन्दले बताए ।