बैतडी – जिल्ला प्रशासन कार्यालय बैतडीले इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै प्रशासन कार्यालयले चैत्र मसान्त भित्र आफूसंग रहेका इजाजत हातहतियार बुझाउन आग्रह गरेको हो ।
केन्द्रिय सुरक्षा समितिको निर्देशन अनुसार सूचना जारी गर्दै हातहतियार बुझाउन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर हातहतियार बुझाउन स्थानीय तहले आग्रह गरेको हो ।
इजाजतपत्र प्राप्त हातहतियार चैत्र मसान्त भित्र जिकको प्रहरीचौकी , इलाका प्रहरी कार्यालय अथवा जिल्ला प्रहरी कार्यालयमा बुझाउन सकिने प्रशासनले जनाएको छ । बुझाएका हातहतियार निर्वाचन पश्चात् फिर्ता गरिने जनाइएको छ ।
प्रकाशित मिति: शनिबार, चैत १२, २०७८ १९:०३
प्रतिक्रिया दिनुहोस्