Sagun Khabar
बैतडीमा जेष्ठ नागरिकका लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने 
Atrya hospital

बैतडी –बैतडीका विभिन्न ठाउँमा जेष्ठ नागरिकको स्वास्थ्य चेकजाँचका लागि निशुल्क शिविर सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालयको आयोजनामा शिविर सञ्चालन हुने स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले बताए । 

यही चैत १६ गते शिवनाथ गाउँपालिकाको सुल्लेखान, चैत १८ गते दोगडाकेदार गाउँपालिकाको सिल्लेगडा र चैत २० गते सिगासको गाँजरी स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुने जोशीले बताए । 

शिविरमा जेष्ठ नागरिकको स्वास्थ्य चेकजाँच गर्नुका साथै अपांगता भएका व्यक्तिहरुको  चिकित्सकद्वारा स्तर निर्धारण गरी सम्बन्धित स्थानीय तहमा सिफारिश गरिने जोशीले बताए । 
 

प्रकाशित मिति: आइतबार, चैत १३, २०७८  ०३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update