बैतडी –बैतडीको डिलाशैनी गाउँपालिकास्थित महादेव मावि पङसेरा तीनतारे विद्यालय घोषणा भएको छ । विद्यालयले सरसफाई सम्बन्धिका १० ओटा सूचक पूरा भएपछि विद्यालयलाई तीनतारे घोषणा गरिएको डिलाशैनी गाउँपालिकाका जलश्रोत अधिकृत पूर्णबहादुर चन्दले बताए ।
ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको सहयोगमा डिलाशैनी गाउँपालिकले विद्यालयलाई तीनतारे घोषणा गरेको हो ।
विद्यालयमा सुरक्षित खानेपानीको व्यवस्थापन, उचित शौचालयको व्यवस्थापन, वातावरणीय सरसफाई लगायतका १० ओटा सूचक पूरा भएपछि विद्यालयलाई तीनतारे घोषणा गरिएको चन्दले बताए ।
यो संगै डिलाशैनीका २ ओटा विद्यालय तीनतारे घोषणा भएका छन् भने जिल्लामा तीन तारे घोषणा भएका विद्यालयको संख्या ११ पुगेको छ ।
प्रकाशित मिति: आइतबार, चैत १३, २०७८ ०४:०४
प्रतिक्रिया दिनुहोस्