Sagun Khabar
बैतडीको सुर्नयामा छुट मुक्त हलियालाई परिचयपत्र वितरण गरिँदै 

बैतडी –बैतडीको सुर्नया गाउँपालिकामा रहेका छुट मुक्त हलियाहरुलाई परिचय पत्र वितरणको काम शुरु भएको छ । सुर्नया गाउँपालिकाको सहयोगमा नयाँ पाइला मुक्त हलिया बचत तथा ऋण सहकारी संस्थाले परिचयपत्र वितरणको काम शुरु गरेको हो । 

गाउँपालिकाका ८ ओटै वडामा छुट मुक्त हलियाहरुलाई परिचय पत्र वितरण गरिने सहकारी संस्थाका अध्यक्ष जयराम लुहारले बताए । गत बर्ष पालिकाभरीका छुट मुक्त हलियाहरुको तथ्यांक संकलन गरिएको र यो बर्ष उनीहरुलाई परिचयपत्र दिने काम शुरु भएको लुहारले बताए । 

Atrya hospital

सुर्नया गाउँपालिकामा ४ सय ६२ जना छुट मुक्त हलियाहरु रहेको तथ्यांक छ । सुर्नया गाउँपालिकाकै सहयोगमा छुट मुक्त हलियाहरुको तथ्यांक संकलन गरिएको थियो । अहिले पालिकाले परिचय पत्र वितरणका लागि २ लाख बजेट विनियोजन गरेको लुहारले बताए । 

छुट मुक्त हलियाहरुलाई परिचय पत्र वितरणका लागि सहकारी संस्थाका अध्यक्ष लुहारसंगै कार्यपालिका सदस्य मोहनालाल लुहार र प्रकाश लुहारको पनि सहभागिता रहेको छ । 

आठ ओटै वडामा परिचयपत्र वितरण गरिने बताइएको छ । परिचय पत्र पाएपछि छुट मुक्त हलियाहरुलाई विभिन्न खालका सहुलियतका कार्यक्रम सञ्चालन गर्न सकिने सहकारी संस्थाका अध्यक्ष लुहारले बताए । 

छुट मुक्त हलियाहरुको तथ्यांक संकलन गर्न र उनीहरुलाई परिचय पत्र वितरणका लागि आफूहरुले गाउँपालिकाबाट बजेट विनियोजन गरेको सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टले बताए । 
 

प्रकाशित मिति: आइतबार, चैत १३, २०७८  १७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update