Sagun Khabar
आयोगले नियुक्त गर्यो निर्वाचन अधिकृत,बैतडीमा को कहाँ ? 

बैतडी –स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्ती गरेको छ । बैतडीमा जिल्ला न्यायधिश तिलकबहादुर कार्कीलाई मुख्य निर्वाचन अधिकृतको रुपमा नियुक्त गरिएको छ । 

जिल्लाको डिलाशैनी गाउँपालिकामा भाषा आयोगका उपसचिव लोकबहादुर लोप्चनलाई निर्वाचन अधिकृतको रुपमा नियुक्त गरिएको छ भने दोगडाकेदार गाउँपालिकामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव मानबहादुर घिमिरेलाई नियुक्त गरिएको छ । 

Atrya hospital

यसैगरी पुर्चौंडी नगरपालिकामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव डिल्लीराम अधिकारीलाई निर्वाचन अधिकृतको रुपमा नियुक्त गरिएको भने मेलौली नगरपालिकामा जिल्ला अदालत बैतडीका श्रेष्तेदार जनकसिंह बोहरालाई नियुक्त गरिएको छ । 

यसैगरी शिवनाथ गाउँपालिकामा परराष्ट्र मन्त्रालयका उपसचिव दधीराम भण्डारीलाई निर्वाचन अधिकृत नियुक्त गरिएको छ भने सिगास गाउँपालिकामा पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईलाई नियुक्त गरिएको छ । 

यस्तै सुर्नया गाउँपालिकामा गृहमन्त्रालयका उपसचिव सिद्धराज जोशीलाई निर्वाचन अधिकृत नियुक्त गरिएको छ भने पाटन नगरपालिकामा जिल्ला न्यायधिवक्ता ईश्वरीदत्त जोशीलाई निर्वाचन अधिकृत नियुक्त गरिएको छ । 

जिल्लाको पञ्चेश्वर गाउँपालिकामा पाठ्यक्रम विकास केन्द्रका निर्देशक प्रेमकुमार भट्टराईलाई निर्वाचन अधिकृत नियुक्त गरिएको छ । दशरथचन्द नगरपालिकाको हकमा भने मुख्य निर्वाचन अधिकृतले नै काम गर्ने बताइएको छ । 

प्रकाशित मिति: आइतबार, चैत १३, २०७८  १८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update