Sagun Khabar
बैतडीको पञ्चेश्वरस्थित उदयदेव आधारभूत विद्यालयको भवन चार बर्ष सम्म मर्मत भएन् 

बैतडी –बैतडीको पञ्चेश्वर गाउँपालिका ४ स्थित उदेयदेव आधारभूत विद्यालय भवनको छानो हावाहुरीले उडाएको चार बर्ष बितिसक्दा समेत मर्मत भएको छैन् । 

२०७५ सालमा हावाहुरीले विद्यालयको दुई कोठे भवनको छानो उडाएको भएपनि अहिले सम्म मर्मत हुन नसकेको विद्यालयका प्रधानाध्यापक धनबहादुर चन्दले बताए । 

Atrya hospital

विद्यालयमा भएको क्षतिका बिषयमा ४ बर्ष अघि नै गाउँपालिकालाई जानकारी गराएको भएपनि अहिले सम्म कुनै सुनुवाई नभएको उनले बताए । सो विद्यालयमा विद्यार्थी संख्या कम रहेको छ । तर विद्यालयलाई अन्यत्र मर्ज पनि गरिएको छैन् भने विद्यालयको भवन पनि मर्मत गरिएको छैन् । 

कक्षा ३ सम्मको पढाई हुने सो विद्यालयमा १० जनामात्रै विद्यार्थीहरु अध्ययनरत रहेका छन् । कक्षा ३ सम्मको विद्यालयमा एकजना शिक्षकले मात्रै पढाउनुपर्ने बाध्यता रहेको छ । भौतिक व्यवस्थापनका साथै अन्य चुनौतीको समेत सामना गर्नुपरीरहेको प्रधानाध्यापक चन्दले बताए । 

विद्यालयमा कार्यरत अर्का शिक्षक मनोजराम औजीलाई गाउँपालिकाले विद्यालयको सहमति बिना अर्को विद्यालयमा काज सरुवा गरेको छ । तर विद्यालयले अहिले सम्म सहमति भने दिएको छैन् । 
 

प्रकाशित मिति: आइतबार, चैत १३, २०७८  २३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update