कैलाली –सुदूरपश्चिम प्रदेशसभा सचिवालयको नवौं अधिवेशन(हिउँदे) आजदेखि सुरु भएको छ । प्रदेशसभाको आठौं (वर्षे) अधिवेशन गत असोज १५ गते राति १२ बजेदेखि अन्त्य गरिएको थियो । संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभाको एउटा अधिवेशन अन्त्य भएको छ महिनाभित्र अर्को अधिवेशन बोलाउनुपर्ने हुन्छ ।
सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले हिउँदे अधिवेशनका लागि प्रदेश सरकारले छ वटा विधेयकलाई सैद्धान्तिक स्वीकृति दिइसकेको बताइन् ।
प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयले विधेयक तयार पारेको जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, चैत १४, २०७८ ०२:४०
प्रतिक्रिया दिनुहोस्