Sagun Khabar
बैतडीको झुलाघाटमा कोरोना परीक्षण जारी 

बैतडी –बैतडीमा कोरोनाका सक्रिय संक्रमितको संख्या शुन्य रहे पनि सीमा नाका झुलाघाटमा भने कोरोना परीक्षण जारी रहेको छ । नाकाबाट स्वदेश फर्कने नागरिकको कोरोना परीक्षण जारी रहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । 

कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सीमा नाकामा परीक्षणको काम जारी रहेको उनले बताए । भारतबाट फर्कने हरेक नागरिकको कोरोना परीक्षण गरेर मात्रै स्वदेश पस्न दिने गरिएको स्वास्थ्य कार्यालयका श्रोत व्यक्ति चन्दन सुवेदीले बताए । 

Atrya hospital

सीमा नाकामै हेल्थ डेक्स स्थापना गरेर परीक्षणको काम जारी रहेको हो । झुलाघाटमा नाकामा अहिले पनि दैनिक ३०÷४० जनाको कोरोना परीक्षण गर्ने गरिएको हेल्थ डेस्क इन्चार्ज सुरज धामीले बताए । 

झुलाघाट नाकामा कोरोना परीक्षणका लागि दशरथचन्द नगरपालिकाबाट ५ जना स्वास्थ्यकर्मी खटाइएका छन् यस्तै एकजना सुआहारा परियोजनाबाट खटाइएको धामीले बताए । 

सीमा नाकामा एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्ने गरिएको र कसैमा कोरोना पोजेटिभ देखिएमा जिल्ला अस्पताल पठाउने गरेको धामीले बताए । 
 

प्रकाशित मिति: सोमबार, चैत १४, २०७८  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update